चीनबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

चीनबाट फर्र्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँच दिनको चीन भ्रमण सकेर शनिबार नेपाल फर्किएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार बिहान नेपाल आइपुगेका हुन् । चीन बसाईको क्रममा मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ वीसँग भेटवार्ता गरे ।

यस्तै उनले चीनका उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए । ज्ञवालीको यो भ्रमणलाई दुई देशबिच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने तयारीका रुपमा पनि हेरिएको छ ।

ज्ञवालीले भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल भएको बुझिएको छ । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गरेका थिए भने चिनियाँ बुद्धिजीविको गोलमेच बैठकलाई सम्बोधन पनि गरे ।

बैशाख ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्