ट्रकसँग विङ्गर ठोक्किँदा २ को मृत्यु, ५ घाइते

दुर्घटनामा परेको विङ्गर।

 

दाङ– दाङको देउखुरीमा ट्रक र यात्रुवाहक विङ्गर एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। घटनामा ५ जना गम्भीर घाइते भएका छन्।

लमही नगरपालिका वडा नं. ९ रिहार नजिक घोराही बाट नेपालगञ्ज जाँदै गरेका भे १ ज ६१४ नम्वरको विङ्गर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६६४८ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा विङ्गरमा सवार यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका वडा नं. ९ च्याउखोला निवासी २८ वर्षिय खड्गबहादुर वुढा र ठाकुरद्वारा नगरपालिका वडा नं. १ बर्दिया निवासी २० वर्षिय विवेक थारुको मृत्यु भएको छ ।

मृतकको शव लमही अस्पतालमा राखिएको छ । घटनामा परी प्यूठान नगरपालिका वडा नं. ८ निवासी २२ वर्षिय सुस्मा केसी, लमही नगरपालिका वडा नं. ९ निवासी ३६ वर्षीय कमला विक, रोल्पा स्थित रुन्टीगढी गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षीय तिलकुमारी थापा, सोही ठाउँ निवासी ७४ वर्षिय सरी पुन, दाङ विजौरी निवासी ४६ वर्षिय वेलकुमारी वोहरा घाइते भएका छन्।

बैशाख ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्