माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा पार्टी एकताबारे छलफल

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका बिच केही दिनदेखि भएका छलफलबाट भएको प्रगतिका बारेमा प्रचण्डले बैठकमा सहभागी सदस्यलाई जानकारी गराउँदै छन् ।

आइतबार एकता बारे सन्देश दिन एमाले र माओवादी दुवैले संयुक्त कार्यक्रम गर्दै छन् ।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्