डुबेर दुई बालकको मृत्यु

बाँके  – पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको शनिबार राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्