मोहनापुल–अत्तरिया छ लेन सडक

भत्काउन अटेरी गर्ने घरमा डोजर लगाइयो

धनगढीको सडक भत्काउँदै डोजर। तस्बिरहरु:दिनेश ठकुल्ला

धनगढी- निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक सीमामा परेका घर भत्काउन डोजर लगाइएको छ।

बारम्बार सडक सिमामा परेका घर भत्काउन सूचना जारी गर्दा पनि ५ प्रतिशत घरधनीले अटेरी गरेपनि डोजर लगाइएको आयोजना प्रमुख मनिष शाहले बताए।

सोमबार बिहानदेखि डोजरले घर भत्काइरहेको छ। सडक सीमाभित्र पर्ने करिब ९५ प्रतिशत घर धनीले घर भत्काइसकेका छन् भने करिव ५ प्रतिशत अर्थात ४५ घर भत्काइएका छैनन्।

घर भत्काउन धनगढी उपमहानगरपालिकाले पनि छ लेन सडक कार्यालयलाई सहयोग गरिरहेको छ ।

धनगढी उपमहानगरपालिकालाई घर धनीहरुले कामदार अभावमा संरचना भत्काउन ढिलाइ भएको भन्दै केही दिनको समय दिन आग्रह गरेका थिए ।

तर, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले कुनै पनि हालतमा अव घर भत्काउने कार्य नरोकिने बताए ।

सडकको सीमा नछुटिँदा प्रदेशको सम्बृदिसँग जोडिएको छ लेन सडक निर्माणमा ढिलाई भइरहेको थियो। डोजर लगाएर घर भत्काइएपछि उक्त आयोजनाले अपेक्षा लिने अपेक्षा गरिएको छ ।

यसअघि पनि घर भत्काउन अटेरी गर्नेहरुले मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेपनि उक्त मुद्दा खारेज भएको थियो ।

बैशाख १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्