कामु प्रधानन्यायाधीश जोशी धमाधम राजनीतिक भेटघाटमा

काठमाडौँ- प्रधान न्यायाधीश पदका आकांक्षी तथा कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका छन्।

राजनीतिक दलका नेतृत्व र न्यायाधीशहरुबीचको हिमचिम र न्याय निष्पादनमा शंका उत्पन्न हुने खालका भेटघाटलाई न्यायाधीश आचार संहिताले निषेध गरे पनि कामु प्रधानन्यायाधीशको सोमबारको भेटघाटले विवादित परम्परालाई निरन्तरता दिएको छ।

‘यो सामान्य र शीष्टाचार भेटघाट हो। म उहाँको निवास गएँ, चियासिया खाएर फर्केँ,’ देशसञ्चारसँग कामु प्रधानन्यायाधीश जोशीले भने।

यसअघि नयाँ वर्षका अवसरमा बधाई र शुभकामना दिन आफू प्रधानमन्त्री केपी ओलीको निवास गएको पनि उनले स्वीकार गरे।

जोशीले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अघि बढाउन नेताद्वयसँग आग्रह गरेको पनि उनले बताए।

बैशाख १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्