प्रदेश ३ का प्रमुखले प्रदेश बैठकलाई आज सम्बोधन गर्ने

हेटौँडा – प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई मङ्गलबार सम्बोधन गर्दै छिन् ।

प्रदेशसभाको दिउँसो १ बजे बस्ने विशेष बैठकमा सांसदलाई उपस्थित हुन संसद सचिवालयले आह्वान गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले बताए ।

नेपालको संविधान बमोजिम संघीय प्रदेशको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्