थियो वालकोटले गरे गोल, एभर्टन विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युक्यासललाई १–० ले हराएको छ ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा एभर्टनका लागि दोस्रो हाफमा विजयी गोल भयो । ५१ औँ मिनेटमा थियो वालकोटले गरेको गोल नै एभर्टनको जितमा निर्णायक बन्यो ।
वालकोटले क्लबबाट तेस्रो गोल गरेका हुन् । जितसँगै एभर्टन आठौँ स्थानमा उक्लिएको हो । लिगका तीन खेल बाँकी हुँदा उसको ४५ अंक भएको छ । १० औँ स्थानको न्युक्यासलको चार खेल बाँकी हुँदा ४१ अंक रहेको छ ।