आइपिएल : फेरि हार्यो दिल्ली, पञ्जावको ४ रनको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार बेलुका भएको खेलमा किङ्ग इलाभेन पञ्जावले रोमाञ्चक जित दर्ता गरेको छ । दिल्लीमा भएको खेलमा पञ्जावले दिल्ली डियरडेभिल्सलाई ४ रनले हराएको हो ।

पञ्जावले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेटको क्षतिमा १३९ रन बनायो । दिल्लीका लागि श्रयश आय्यरले ४५ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५७, राहुल तेवटिआले २१ ब्लमा २४ तथा पृथ्वी शावले १० बलमा २२ रन बनाए पनि हार टार्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जावले ८ विकेटको क्षतिमा १४३ रन बनायो । उसका लागि करुण नायरले ३२ बलमा ३४, केएल राहुलले १५ बलमा २३, डिए मिलरले १९ बलमा २६, तथा मयंक अग्रवालले १६ बलमा २१ रन बनाए ।

यो पञ्जावको जारी ११ औँ संस्करणको आइपिएलमा ६ खेलमा पाँचौँ जित हो । शीर्ष स्थानको पञ्जावको १० अंक भएको छ । नेपालका सन्दिप लामिछाने पनि अनुबन्धित रहेको दिल्लीको भने यो ६ खेलमा पाँचौँ हार हो । लामिछानेले अहिलेसम्म खेल्न पाएका छैनन् ।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्