चमत्कारी बाबादेखि जेलसम्म, आशाराम बापूको पूरा कथा

आशाराम बापूको मुद्दामा फैसला हुने दिन उनका समर्थक ठूलो संख्यामा जोधपुर जाने सम्भावना छ । यस्तोमा कानूनी शासन कायम राखिरहन प्रहरीले अप्रिल ३० सम्म जोधपुरमा धारा १४४ अनुसार कर्फ्यू लागु गर्ने निर्णय भएको छ ।

बबा गुरमीत राम रहीमलाई सजाय सुनाएपछि हरियाणाका भएको हिंसा जस्तै घटना राजस्थानमा हुने सम्भावना छ । सरकार यस्तो चाहँदैन । अहिले २५ अप्रिलमा हुने फैसलामा सबैको नजर छ । आशाराम विरुद्ध पछिल्लो पाँच वर्षदेखि पीडित तथा उनका परिवारले कानूनी लडाईँ गरिरहेका छन् ।

आशारामको मुद्दासँग जोडिएका केही मूख्य तथ्य यस्ता छन् ।

अप्रिल १९४१ मा अहिलेको पाकिस्तानको सिन्ध क्षेत्रको बेरानी गाउँमा जन्मिएका हुन्, आशाराम । उनको वास्तविक नाम असुमल हरपलानी हो ।

सिन्धका व्यापारी समुदायबाट आएको आशारामको परिवार सन् १९४७ मा विभाजानपछि भारतको अहमदाबादमा आएर बसेका हुन् । ६० को दशकमा उनले लीलाशाहलाई आफ्नो आध्यात्मिक गुरु हुन् । त्यसपछि लीलाशाहले नै असुमलका नाम आशाराम राखेका हुन् ।

१९७२ मा आशारामले अहमदाबादबाट झण्डै १० किलोमिटर पर मुटेरा कस्बेमा साबरमती नदी किनारमा आफ्नो पहिलो कुटी बनाए ।
यहिँबाट आशारामको आध्यात्मिक प्रोजेक सुरु भयो ।

यो विस्तारै गुजरातबाट अन्य शहरमा हुँदै देशका अरु राज्यमा फैलियो । सुरुमा गुजरातको ग्रामीण क्षेत्रबाट आउने गरिब, पछाडि परेका वा आदिवासी समूहका मानिसलाई आशारामले प्रवचन, औषधिर भजन कीर्तन गरेर सुनाए । त्यसपछि आशारामको प्रभाव विस्तारै शहरी क्षेत्रका मध्यवर्गीय क्षेत्रमा पनि फैलँदै गयो ।

सुरुका वर्षमा उनले प्रवचनपछि प्रसादको नाममा वितरण गरिने निःशूल्क भोजनका कारण आशारामका भक्तको संख्या तीव्र रुपले बढ्दै गयो । आशारामको आधिकारिक वेबसाइटका अनुसार अहिले विश्वभर उनका चार करोड भन्दा धेरै अनुयायी छन् ।

आशारामले त्यसपछि छोरा नारायण साईंलाई साथमा लिएर देश विदेशमा आफ्नो प्रभाव फैलाए । ४०० वटा आश्रम बनाए । आशारामले यसक्रममा भक्त तथा आश्रमसँगै झण्डै १० हजार करोड भारु बराबरको सम्पत्ति पनि जोडे ।

उनको सम्पत्ति सम्बन्धमा अहिले केन्द्रीय तथा गुजरात राज्यका विभागले छानविन गरिरहेका छन् । आश्रम निर्माणका लागि गैरकानूनी रुपमा जमिन कब्जा गरेको आरोपका बारेमा पनि छानविन भइरहेको छ ।

आसारामको राजनीतिक प्रभाव


भक्तको संख्या बढेसँगै उनको राजनीतिक नेता पनि उनको प्रभाव बढ्दै गयो । र राजनीतिक नेताले पनि उनको माध्यमबाट मतदातामा आफ्नो प्रभाव बनाउन चाहे ।

१९९० देखि २००० को दशकसम्म उनको भक्तको सूचिमा भारतका पूर्व प्रधानमन्त्री अटल बिहानी वाजपेयीदे िभारतीय जनता पार्टीका लालकृष्ढा आडवाणी, नितिन गडकरी जस्ता नेता पनि परे । यो सूचिमा दिग्विजय सिंह, कमल नाथ र मोतीलाल वोरा जस्ता कांग्रेसका वरिष्ठ नेता पनि मिसिए ।

यस्तै भाजपाका वर्तमान तथा पूर्व मूख्यमन्त्रीको एक लामो सूचि छ जो आशारामको दर्शनका लागि जाने गरेका थिए । यो सूचिमा शिवराज सिंह चौहान, उमा भारती, रमण सिंह, प्रेमकुमार धूमल र वसुन्धरा राजेको नाम अघि आउँछ ।

यी सब बाहेक २००० को दशकको सुरुवाति वर्षमा आशारामको दर्शनका लागि जानेमा सबै भन्दा महत्वपूर्ण व्यक्तिमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको नाम आउँछ । तर सन् २००८ मा आशारामको मुटेरा आश्रममा दुई बालकको हत्या भएपछि प्राय सबै राजनीतिक नेता उनीबाट पर भए ।

मुटेरा आश्रम काण्ड


सन् २००८ को जुलाई ५ मा आशारामको मुटेरा आश्रमको बाहिर रहेको साबरमती नदीमा १० वर्षका अभिषेक वाघेला र ११ वर्षका दीपेश वाघेलाको शव आधा जलेको अवस्थामा भेटियो ।

अहमदाबादका यी दाइ–भाइ छोराका अभिभावकले उनीहरुलाई केही दिनअघि मात्रै आशारामको गुरुकुल नाम गरेको आश्रममा भर्ना गरेका थिए । यो घटनाको छानविनका लागि तत्कालीन राज्य सरकारले डिके त्रिवेदीको नेतृत्वमा आयोग बनायो । तर त्यो आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

यहिबिच २०१२ मा राज्य प्रहरीले मुटेरा आश्रमका ७ कर्मचारीमाथि हत्या आरोप दर्ता गरेको थियो । अहिले यो मुद्दाको सुनुवाई अहमदाबादको अदालतमा हुँदैछ ।

जोधपुर काण्ड के हो ?


सन् २०१३ को अगस्तमा आशाराममाथि बलात्कारको मुद्दा दर्ता गराउने शाहजहांपुरकी पीडित तथा उनको पूरै परिवार त्यसअघिसम्म आशारामका कट्टर भक्त थिए । पीडितका पिताले आफ्नै खर्चमा शाहजहांपुरमा आशारामको आश्रम बनाएका थिए ।

संस्कारी शिक्षाको आशमा उनले आफ्ना दुई सन्तानलाई आशारामको छिन्दवाडामा रहेको गुरुकुलमा पढ्न पठाए । २०१३ को अगस्ट ७ मा पीडितका पितालाई छिन्दवाडा गुरुकुलबाट फोन आयो ।

फोनमा उनकी १६ वर्षकी छोरी बिरामी रहेको खबर गरियो । अर्को दिन बुवा आमा गुरुकुल पुग्दा पुग्दा छोरीमाथि भूत प्रेतको प्रभाव रहेको र यो आशारामले ठीक गर्न सक्ने बताए ।

१४ अगस्टमा उनको परिवार आशारामलाई भेट्न जोधपुरको आश्रम गए । प्रहरीमा दिएको उजुरीमा उल्लेख भए अनुसार १५ अगस्टमा १६ वर्षकी पीडित किशोरीलाई ठीक गर्ने भन्दै आशारामले आफ्नो कुटीमा बोलाएर बलात्कार गरेको आरोप छ ।

पीडितको परिवारका अनुसार यो घटना आफ्नो भगवान भक्षकमा परिणत हुनु जस्तै रहेको । आफूहरुले यो पाँच वर्ष घरमै नरजबन्दमा रहे जसरी बिताएको पीडित परिवारले बताएको छ । आफूहरुलाई यो बिचमा पैसाको लोभ पनि देखाइएको उनीहरुको आरोप छ ।

साक्षीको हत्या


२८ फेब्रुअरी २०१४ मा आशाराम र उनका छोरा नारायण साईमाथि बलात्कारको आरोप लगाउने सुरतका दुई दिदी बहिनी मध्ये एकका श्रीमानमाथि सुरतमा आक्रमण भयो ।

१५ दिन भित्र राकेश पटेल नाम गरेका आशारामका भिडियोग्राफरमाथि आक्रमण भयो । त्यसको केही दिनपछि नै दिनेश भगनानी नामका तेस्रो साक्षीमाथि तेजाब आक्रमण भयो । तीनैजना बाँच्न सफल भए ।

तर २३ मार्च २०१४ मा आशारामका निजी सचिवको रुपमा काम गरेका अमृत प्रजापतिमाथि आक्रमण भयो । गोली लागेको १७ दिनपछि उनको निधन भयो ।

त्यसपछि निशानामा परे पत्रकार । यो मामिलामा १८७ समाचार लेखेका पत्रकार नरेन्द्र यादवमाथि आक्रमण भयो । तर उनी बाँच्न भने सफल भए । सन् २०१५ को जनवरीमा अर्का साक्षी अखिल गुप्तामाथि मुजफ्फरनगरमा गोली प्रहार भयो र उनको निधन भयो ।

त्यसपछि आशारामका सचिवको रुपमा काम गरेका राहुल सचानमाथि आक्रमण भयो । पहिलो आक्रमणमा बाँचेका राहुलमाथि २०१५ को २५ नोभेम्बरमा अपहरणमा परे र उनी अहिलेसम्म बेपत्ता छन् ।

स्रोत : बिबिसी हिन्दी

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्