स्वास्थ्य

कुष्ठरोग : लक्षण, उपचार तथा जोगिने उपाय के ?

फाइल तस्बिर।

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ ।

यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनेुका साथै मांशपेशी पनि कमजोर हुने हुन्छ ।

लक्षण


हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुनु ।

अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिन्छ । दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु ।

आखीभैँ या आखाँको परेली कम देखिँदै जानु या झर्नु ।

आखाँ चिम्लिँदा पूरै बन्द नहुनु ।

हात खुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुनु ।

उपचार


चिन्ह र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारले विभाजन गर्न सकिन्छ । पौसी व्यासिलेरी (कम किटाणु भएका)े मल्टिव्यासिलरी (बढी किटाणु भएको) जस अनुसार कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकालाई १२ महिना औषधि नियमित सेवन गर्नु पर्दछ ।

(हालसम्म बहुऔषधिबाट उपचार पूरा गर्नेको संख्या १८०००० भन्दा बढी छ ।)

कृष्ठरोगका बिरामीको नजिकमा रहने जो कोहीले पनि कुष्ठरोगको परीक्षण गराउनु पर्छ ।

कुष्ठरोगका बारेमा जानकारीमुलक सन्देश


नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुन्छ, एक मात्रा बहुऔषधि सेवन गरेमै ९९.९ प्रतिशत किटाणु निस्कृय भइ रोग निको हुन्छ ।
कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ ।

यदी समयमै उपचार नगरेर अपांगता हुन सक्ने संभावना रहन्छ ।

उपचारपछि पनि लामो समयसम्म छुँदा थाहा नहुने दाग रहन सक्छ ।

कुष्ठरोग नियमित उपचार पूरा गरेपछि १००० र रोगबाट हुने जटिलताको उपचार गर्न प्रे्रषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप १००० रुपैयाँ यातायात खर्च सरकारले उपलब्ध छ ।

कुष्ठरोग प्रभावितको आत्मसम्मान हुने गरी आदर गर्ने जिम्मा हामी सबैको हो । उनीहरुलाई सीपमूलक तथा व्यवसायिक तालिम उपलब्ध गराउने अवसर जुटाउनु पर्दछ ।

औषधिको साइड इफेक्ट


कुनै पनि रोगका औषधिको साइड इफेक्ट भएजस्तै कुष्ठरोगको पनि केही साइड इफेक्ट देखिन्छ ।

जस्तै खानामा रुची नहुने बाकबाकी लाग्ने कहिलेकाहिँ रुघाखेकी र सामान्य ज्वरो पनि आउने गर्छ । तर यस्तो समस्यामा खासै आत्तिनु पर्दैन । तर बढी नै समस्या देखिन थाल्यो भने नजिकको स्वास्थ्य संस्था जानु पर्दछ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलासँग बिन्दु शर्माले गरेको कुराकानीमा आधारित)

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्