लोग्नेकी प्रेमिकाको हत्या गरेपछि आत्महत्या

अमेरिकामा एक महिलाले लोग्नेकी प्रेमिकाको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन् । फिलाडेल्फियामा भएको घटनामा एक महिलाले लोग्नेकी प्रेमिकालाई गोली हाने पछि आफैलाई गोली प्रहार गरेको स्थानीय प्रहरीले जनाएको छ ।

४८ वर्षकी जेनेयर गेराडर्टले लोग्नेकी प्रेमिका ३३ वर्षकी मेरिडिथ च्याम्पम्यानमाथि गोली प्रहार गरेकी हुन् । गेराडर्टले स्थानीय समय अनुसार गएको सोमबार बेलुका च्याम्पम्यानको घरमै गएर गोली चलाएकी हुन् ।

श्रीमानका साथामा जेनेयर गेराडर्ट

च्याम्पम्यानको घरमा लुकेर बसेकी गेराडर्टले उनी आउने बित्तिकै गोली चलाएको प्रहरीले उल्लेख गरेको छ । गेराडर्टले आफ्ना लोग्नेलाई च्याम्पम्यानलाई मार्ने आफ्नो योजनाबारे म्यासेज गरेर बताएकी थिइन् ।

त्यसपछि उनका लोग्ने मार्क गेराडर्टले आपतकालीन सेवामा फोन गरेका थिए । तर प्रहरी घटनास्थलामा पुग्दा दुवै महिला गोली लागेको अवस्थामा भेटिएका थिए । गेराडर्टको शव भान्छा नजिक तथा च्याम्पम्यानको शव त्यसको केही पर भेटिएको थियो ।

घटनामा दुई गोली प्रहार भएको पाइएको प्रहरीले उल्लेख गरेको छ । मार्कले आफ्नी प्रेमिका च्याम्पम्यानसँग सोमबार बेलुका डिनरमा भेट्ने योजना बनाएका थिए । तर त्यहि दिन श्रीमतीले च्याम्पम्यानको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी हुन् ।

श्रीमानका साथामा मेरिडिथ च्याम्पम्यान

च्याम्पम्यान पनि विवाहित नै थिइन्, जो सन् २०१६ मा डेलावेरबाट सिनेटका लागि रिपब्लिकन पार्टीको तर्फबाट चुनाव लडेकी थिइन् । च्याम्पम्यानले लुक च्याम्पम्यानसँग विवाह गरेको भए पनि उनीहरु सँगै बस्ने गरेका थिएनन् ।

बैशाख १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्