प्रतिस्थापन विधेयक नल्याउँदा फेरि अध्यादेश जारी

फाइल फोटो।

काठमाडौं- सरकारले प्रतिस्थापन विधेयक नल्याउँदा तीनवटा अध्यादेश फेरि जारी गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई पुनः जारी गरेकी हुन्।

संसद अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याइसक्नु पर्ने भए पनि संसदले अध्यादेश अनुमोदन मात्र गरेकाले बिहीबार फेरि अध्यादेश जारी भएको हो। संसद अधिवेशन फागुन २१ गते सुरु भएको थियो।

यस्तै राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश २०७५ जारी गरेकी छिन्।यो अध्यादेश जारी भएसँगै प्रतिनिधिसभा र राष्ट्रियसभामा सचिव नियुक्तिका लागि बाटो खुलेको छ।

बैशाख १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्