तीनकुनेमा डिप्रेसनका विरामीद्धारा ६ तलाबाट हामफालेर आत्महत्या

काठमाडौं- काठमाडौंको तीनकुनेमा एक युवकले ६ तलाबाट हामफालेर आत्महत्या गरेका छन्।

अर्घाखाँचीका राजु खनालले डिप्रेसनको उपचार गराइरहेका बेला दुई तलामाथी पुगेर हाम फालेको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ।

उनी उक्त भवनको चौथो तलामा रहेकाे मनोविश्लेषण केन्द्रमा विगत तीन महिनादेखी   डिप्रेसनको उपचार गराइरहेका थिए। प्रहरीका अनुसार उनी ६ महिनाअघि मात्र दक्षिण काेरियाबाट फर्किएका थिए।

खनालले हाम फलानेको ठाउँमा विषको बोतल समेत भेटिएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

 

 

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्