चारदिनदेखि हराएका दुई छोराको शव आफ्नै घरमा

सांकेतिक तस्बिर

काठमाडौं-  बानेश्वरको सुकुम्बासी बस्तीबाट हराइरहेका एकै घरका दुई बालकको शव चार दिनपछि उनीहरुकै घरभित्र भेटिएको छ।

वैशाख १० गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा बच्चा हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो। तर दिलिप यादबले शुक्रबार  दुई छोराको शव घरभित्रै रहेको बताएपछि ती बालकको हत्या भएको खुलेको हो।

दिलिप दुवै बालकका झड्केला छोरा हुन्। दिलिप फरार छन्।

 

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्