पुनमुनजोममा दुई कोरियाबीच सम्झौता, खाका यस्तो छ

एजेन्सी–सन् १९५३ मा भएको कोरियाली युद्धले कोरिया दुई भागमा विभाजित भएको थियो। त्यसपछि उत्तर र दक्षिणमा विभाजित कोरियाका दुई राष्ट्रहरुको सम्बन्ध राम्रो थिएन। धेरै वर्षको धम्कीपूर्ण र चिसो सम्बन्धपछि अहिले यस्तो समय आएको छ जसलाई केही समय अगाडि कल्पना पनि गर्न सकिदैँन थियो। उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई भेट्न दक्षिण कोरिया पुगेका छन्। अहिले दक्षिण कोरियाको पुनमुनजोममा दुई देशका मुख्य नेताबीचमा छलफल भइरहेको छ। उनीहरु सम्झौता गर्नको लागि छलफलमा रहेको बीबीसीले उल्लेख गरेको छ।

बीबीसी कोरियाली सेवाका अनुसार बिहान ९ बजेर ११ मिनेट जाँदा दक्षिण कोरियाका नागरिक पनि यो भेटघाटको खुसी मनाइरहेका थिए र उत्तर कोरियाको चिसो चाउचाउ खाइरहेका थिए। एक नागरिकले खुसी हुँदै ट्वीटरमा फोटो पोस्ट गरेका छन्। उनले भनेका छन्, ‘म प्योंगयांगको चिसो चाउचाउ खान आएको हुँ तर लाइन धेरै नै लामो छ, किनभने यो खास दिन हो।’

बिहानको १० बजेसम्म उत्तर कोरियाको सरकारी टेलिभिजनमा सम्मेलनसँग सम्बन्धित कुनै पनि समाचार प्रशारण भएको छैन। तर यो सामान्य कुरा हो, किनभने उत्तर कोरियाले स्थानीय समयअनुसार साँझको तीन बजेदेखि प्रशारण सुरु गर्छ।

दिउँसो साढे ११ बजे दक्षिण कोरियाले आजको बैठकमा संयुक्त रुपमा घोषणा हुने बताएको छ । यदि दिनभरीको कुराकानी पछि दुवै नेताहरु कोरियाका दुवै देशलाई परमाणु हतियार मुक्त गर्न राजी भएमा सम्झौतामा हस्ताक्षर गर्ने बेलामा दुवै नेता एक साथ देखिनेछन्।

दिउँसो १ बजेर ५ मिनेट जाँदा दुवै देशका नेताले उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा एक बिरुवा रोपेका थिए। बिरुवा रोपेपछि पानी हालेर दुवै देशको प्रतिनिधिमण्डलसँग फोटो खिचाएका थिए।

बिरुवा रोपिसकेपछि १ बजेर ४५ मिनेट जाँदा किमजोन उन र मून जेइन केहि समयको लागि टहल्लिन गएका थिए। दुवै नेता माइक्रोफोन नपुग्ने पुलमा उभिएर कुराकानी गरिरहेका थिए।

साढे दुई बजेपछि दक्षिण कोरिया र उत्तर कोरिया दुवैले एक संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरे। घोषणा पत्रमा भनिएको छकी कोरियाका प्रद्विपहरुमा अब कुनै पनि लडाई हुने छैन, र शान्तिको नयाँ युुगको सुरुवात भयो।

दुई बजेर ५५ मिनेट जाँदा दुई देशले संयुक्त घोषणा गरे। उत्तर कोरियाको गैसंगमा एक साझा कार्यालय खोलिने छ। यस्तै दक्षिण कोरियाली नेता मून जे इन यो वर्ष सकिनै लाग्दा उत्तर कोरिया जाने छन्। र ३ बजेर ४ मिनेट जाँदा दुई देशले मिलेर घोषणा पत्र सार्वजनिक गरेका छन् ।

के के छ घोषणापत्रमा

  • दुई देश बिच सबैखालका दुस्मनी मिसिएको कारवाहिलाई बन्द गर्ने,
  • दुई देशको बिचमा भएको सिमाना सेना रहित क्षेत्र बनाउने र शान्ति क्षेत्र बनाउने,
  • सिमाको कारणले दुई देशमा बाँडिएका परिवारलाई एक आपसमा मिलाउने,
  • दुई देशलाई आधुनिक सडक र रेल यातायातको माध्यमले जोड्ने,
  • दुवै देश मिलेर यो वर्ष हुन लागेको एशियाली खेल र अरु खेलमा भाग लिने ।
बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्