विश्‍व शिक्षक सम्मेलन नेपालमा

काठमाडौँ- विश्व शिक्षक महासंघको १९औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष मफुजा खानमले सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकबीच एकता र भाइचारा सम्बन्ध कायम राख्न आगामी असोज ६ र ७ गते काठमाडौँमा सम्मेलन हुन थालेको जानकारी गराए।

अध्यक्ष खानामले सम्मेलनले समाजवादी शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका बारेमा पनि छलफल हुने बताए।

पत्रकार सम्मेलनमा महासंघका महासचिव अमियाकुमार मोहन्ती विश्वभरका शिक्षक नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए। उनले भर्खरै संघीयता प्रणालीमा शैक्षिक व्यवस्थापन शुरु गरेको नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने बताए।

नेपालका तर्फबाट महासंघमा आबद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले विश्वभरका शिक्षक नेपालमा जम्मा गरेर गुणस्तर शिक्षाका बारेमा बहस हुनु राम्रो पक्ष भएको बताए। सम्मेलनमा १४० बढी देशका शिक्षक सहभागी हुनेछ।

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्