ब्लग

के, हाम्रो इज्जत योनीमा मात्रै हुन्छ र ?

जूनका केही बुँदहरु, उसको अनुहारमा चम्किइरहेका थिए ।
‘एकचोटीको पाँचसय…, दुई पटकमा सकिन्छ…।’
उसले त्यो डिलिङ आफैं सकिसकेकी थिई ।
मैले बोल्नुपर्ने बाँकी त्यहाँ केही थिएन । न केही बुझ्नुपर्ने नै ।

त्यो, पूर्णिमाको अघिल्लो रात थियो सायद । जूनका वरिपरि ताराहरु चम्किरहेका थिए । त्यसैको उज्यालो छरिएको नेपालगन्ज सहरमा छिट्फूट् गाडीका आवाजहरुले हाम्रो ‘बिजनेश डिलिङ’ लाई हल्का डिस्टव गरिरहेको थियो ।

‘हामीले त चार हजार दिएका थियौँ त…’
‘त्यो त एजेन्टले लैजान्छ, मलाई त पाँच सय मात्रै आउने हो ।’
‘अनि हामीले किन अरु पाँच सय दिनु त ?’
…उसको मौन अनुहारमा केही जूनका केही धर्सा फेरि उज्यालिएका थिए ।

त्यही बेला मैले उसको मुहार राम्रोसँग देखेँ । माथि जूनको मुहार, आधा कालो छोपिएको थियो तर, ऊ ?
मैन शिखाको मधुर प्रकाश जस्तै थियो, उसको मुहारको उजेली ।

पुसको अन्तिम जाडो थियो, त्यो बेला । न चिसोको उत्पातले सीमा राख्छ यो नेपालगन्जमा न उखरमाउलो गर्मीको कुनै सिमाना हुन्छ । आफूभन्दा झन्डै दशगुणा मोटो ज्याकेट थियो मेरो आङमा । तर, छिप्पिदो साँझको सिरसिर बतासले उसको शरीरको पातलो कुर्तालाई फिरफिरे बनाइरहेको थियो ।

उसको चुन्‍नी घाँटीमा बेरिएर पछाडि त्यही बतासमा फरफराइरहेको थियो । पातलो त्यो टाइट कुर्ताले उसका छाति अझ पुस्टिएका थिए ।

उसको शरीरको परफ्यूको सुगन्ध त्यही बतासमा मिसिएर परसम्मै पुगेको थियो सायद । बन्द हुन आँटेको छेउको एउटा बाइक शोरुमको सिसाबाट केटाहरु हामीलाई चोर आँखाले चियाइरहेका थिए ।

हठात् कतैबाट एउटा साइरनको आवाजले कानका जाली रन्काउँदै थियो ।
उसले मलाई बेस्सरी तानी ।
अर्काेतिरबाट हामीतिर सोझिएको बाइकको हेडलाइट उसको मुहारको अघि मधुर भयो ।

अनि देब्रेतिरको भूँइमा एउटा खप्टिएको छाँया थियो, ऊ भित्तामा टाँसिएकी थिई । उसको छातीमा म चेप्टिएको थिएँ । तर, त्यो छाँया एउटै थियो ।

‘हैट, साले एम्बुलेन्स पो रैछ…’ उसले मलाई आफूबाट थोरै ‘दूर’ गरी ।
‘अनि तिम्ले के भन्या थियौ त…’
‘मलाइ त पुलिस आको जस्तो लाग्यो के…।’

जूनको उज्यालोमा हाम्रा छाँया अलग भएर धुलोमा टाँसिएका थिए ।

‘अनि पाँच सय दिने कि नदिने ?’
‘किन पाँच सय फेरि, ४ हजार अघि नै बुझाइसकिम् त?’
‘भनेँ त, त्यत्तिले हुन्न । त्यो त एकजना मात्रै भनेर पो, दुई चोटीलाई मात्रै…।’
‘ठीकै छ नि त, दुईजनालाई एक एक भयो त… ।’
‘दुई जनासँग हुन्न के, एकजनाले मात्रै दुई चोटी…’

मोबाइलको भाइब्रेशनले उसका छाति उचालिइरहेका थिए ।

‘जाडो लाग्दैन…?’
‘कामको कुरा गर न यार, फोन आइराछ, अब एक घण्टामात्रै बाँकी छ…।’

अवधि : दुई घण्टा ।
ग्राहक : एक जना ।
स्खलित हुने : दुई पटकमात्रै ।
पैसा : चार हजार ।
ठाउँ : आफैँ म्यानेज गर्ने ।
प्रहरी आए वा केही समस्या आइपरे : आफैँ मिलाउने र आफैँले जिम्मेवारी लिने ।

एक घण्टाअघि एकजना ‘एजेन्ट’सँग हाम्रो डिलिङ लगभग यत्ति नै थियो । अलिखित ती शर्त, अनि नियमहरुमा हामीले मौखिक हस्ताक्षर गरेका थियौँ ।

‘यो भर्खरै बिहे भएको…’
‘यो भर्खरै कलेज ज्वाइन भएको….
‘यो, भर्खरै १९ कि…
‘…………………
‘यो पूरै भर्जिन….
यसको रेट यति, यसको रेट उति ।

नेपालगन्ज सहरको एक छेउ । धुलाम्मे एक झुपरपट्टीको अँध्यारो कुनामा मोबाइलको उज्यालो देखाएर उसले हामीलाई आफ्ना ती ‘सामान’ हरुको बारेमा ‘ब्रिफिङ’ गरिरहेको थियो ।

र, एउटी ‘भर्खरै बिहे भएकी…’ लाई ‘टिक’ लगाएर हामी हाम्रो ठेगाना छोडेर निस्कियौँ ।
‘भर्खरै बिहे भएको……..’ एक घण्टासम्म मेरो दिमागमा त्यही शब्दले लाखौँ फन्को मारिसकेको थियो ।
र, फेरि उसँगको भेटपछि हामी गफिएको एकघण्टा बितिसकेको थियो । हामीले गरेको ‘एग्रीमेन्ट’मा अब एक घण्टामात्रै बाँकी थियो ।
‘सर एक्कैछिन है…’

एउटा सानो केटो हातमा रंगीन तन्ना लिएर हामी छिर्नै लागेको होटेलको कोठा बाहिर थियो ।

‘किन के भो र ?’
‘त्यहाँ सेतो तन्‍ना छ के, त्यसलाई फेर्नुपर्‍यो…’

ऊ सरासर हामीभन्दा अगाडि नै कोठाभित्र छिरेर हतार हतार तन्‍ना फेरिदियो ।

ढोकामा उभिएर ऊ घरि मलाई त घरि ‘उस’लाई हेरेर मुस्कुराइरहेको थियो ।
गोजीबाट ५० रुपैयाँ दिँदै उसलाई भनेँ ‘किन सेतो तन्ना निकालेको?’

‘यो सेतो छ, चाँडै दाग लाग्छ के…।’
सेता सलवार अनि कुर्तामा कस्सिएको उसको निर्दाग शरीर।

दाहिने चिँउडो सामुन्ने एउटा मधुरो कोठीको चिन्हबाहेक उसको त्यो सफेद मुहारमा अरु कुनै ‘दाग’ थिएन ।
कोठा झनै उज्यालिएको थियो । उज्यालो फाल्नका लागि धिपधिप गरिरहेको ट्यूबलाइटको किस्ताबन्दी उज्यालोमा उसको मुहार एकमुष्ठ छरिएको थियो ।
‘पुलिस आयो भने मेरो स्वास्नी भन है…’

छातिबाट निकालेर उसले मोबाइल स्वीच अफ गरीदिई । मोबाइल झिकिँदा उसका स्तनचीरा अझैँ गहिरिएका थिए, मेरा नजरहरुभन्दा पनि ।
‘किन तिम्लाई म आफ्नो स्वास्नी भनूँ ।’

उसले आफ्नो पर्सबाट ‘क्रिडा कवच’ निकालिसकेकी थिई ।

भनेँ ‘तिमी त अर्कैकी स्वास्नी हैनौ र ?’
‘दुई घण्टाको लागि त, तिमीहरुकै हुँ नि ?’
‘तिमीहरु…?’

ओहो… भुलिसकेको रैछु, बाहिर अर्काे ‘ग्राहक’रुपी मेरो साथी पनि थियो ।

‘छिटो गर के…’ । उसको कुर्ता माथि सरिसकेको थियो । पुष्ट छातीमा सेतो ब्रा लिपिक्कै टाँसिएको थियो ।
उसले मलाई झन्डै झम्टिन आँटेकी थिई ।

‘के गर्ने…?’
नचिलाएकै कपालमा मैले जवरजस्ती औँलाले कोतारेँ बेस्सरी ।
‘के गर्ने रे…? के गर्न आको हौ र ?’

ऊ हाँस्दै थिई, कसैले ढोका ढकढक गर्‍यो ।
उसले मेरो कानैमा आएर भनी, ‘ऊ भन्या हैन, हेर, पुलिस होला, हामी लोग्ने–स्वास्नी भन है, म नि त्यै भन्छु ।’
उसको तातो सासले मेरा कान रन्किएका थिए । आङ पूरै सिरिङ्ग भएर आयो ।
मैले विस्तारै ढोका खोलेँ ।

‘सर, केही चाहिन्छ कि…?’
अघि तन्ना फेरिदिएको त्यही फुच्चे फेरि ढोकाअघि ङिच्च भइरहेको थियो ।

‘केही चाहिन्न… जाऊ अब ।’
फेरि पचास रुप्पे दिँदै उसलाई भनेँ ‘जाऊ अब एक घण्टा जति नआऊ…।’
ढोका ढप्काउँदै ऊ दौडियो ‘सर, त्यो तन्नामा दाग धेरै देखिन्न है…।’
मेरो भागमा परेको एक घण्टा अब ३१ औं मिनेटमा दौडिदै थियो। क्रमश‍‍‍….

बैशाख १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्