५ नम्बर प्रदेश सभामा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेशसभालाई सम्बोधन गर्दै छन् । उनले आज ५ नम्बर प्रदेश सभालाई संबोधन गर्न लागेका हुन् ।

आइतबार अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा २५ सय ६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि उनले संबोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेश सभाले नागरिकको मन जित्न आगामी समयमा गर्नुपर्ने कामका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ ।

नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ ।

संसद सचिवालयका सचिव मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरिएको बताए ।

प्रदेशसभा बैठक यसअघि बैशाख २१ गतेका लागि बोलाईएको भएपनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि ३ दिनअघि सुचना टासेर आइतबारका लागि डाकिएको थियो ।

बैशाख १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्