बोरामा भेटिएकी पुनदेवीको हत्या आशंकामा श्रीमान् पक्राउ
महोत्तरी- महोत्तरीको मटिहानीमा भएको पुनदेवीको हत्या आशंकामा उनका श्रीमान् शिवशंकर दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मटिहानी नगरपालिका–२ की ३० वर्षिय पुनमदेवी दास खत्वेकाे शव गत चैत्र २१ गते जनकपुर(मटिहानी सडक खण्डअन्तर्गत बर्दाहस्थित सडक छेउमा बोरामा बेरिएको अवस्थामा भेटिएको थियो ।
हत्या पश्चात फरार रहेको मृतकका श्रीमानलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जनकारी दिए।
पुनमको शव जलेको अवस्थामा बोराभित्र भेटिएको थियो । पुनमलाई यातना दिएर हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयामा थप अनुसन्धान भइरहेको छ ।