चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यी उत्तर कोरिया जाने भएका छन्।

उनी यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएका छन्।

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको पनि उनले जानकारी दिए। पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ। उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो।

त्यस्तै उत्तर कोरियाली नेता उनीसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी शनिबार मात्र दिएको हो।

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गरेकाले यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।

बैशाख १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्