काबुल विस्फोटमा ८ पत्रकार मारिए

काबुल- अफगान राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती हमलामा ८ जना पत्रकारहरुसहित २९ जना मारिएका छन्। मारिनेमा एएफपीका एक वरिष्ठ फोटो पत्रकार पनि छन्।

पहिलो बिस्फोट बिहान ८ बजे भएको थियो।

अमेरिकी दूतावास र अफगान सरकारका कार्यालयहरु भएको स्थानमा भएको बिस्फोटपछि पत्रकारहरु उक्त स्थानमा थुप्रिएका थिए। केहीबेरमा तिनै पत्रकार र क्यामराम्यानहरुलाई लक्षित गरेर अर्को आक्रमण गरिएको थियो।

घटनामा एक महिला पत्रकारसहित ८ पत्रका मारिएका छन्।  घटनामा एएफपीका वरिष्ठ फोटो पत्रकार साह माराइ मारिएको एएफपीले उल्लेख गरेको छ।
सन् १९९६ मा ड्राइभरका रुपमा एएफपी पसेका माराइ सन् २००२ देखि पूर्णकालीन फोटो पत्रकार बनेका थिए।
उनका छ छोराछोरी छन्।
बैशाख १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्