लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्ने, राष्ट्रपतिद्वारा शिलान्यास

काठमाडौं- लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभा गृह बन्ने भएको छ।

राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी सयुक्त रुपमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभा गृहको बुद्ध जयन्तीको अवसरमा सयुक्त रुपमा शिलान्यास गरे।

सम्मेलन केन्द्र निर्माण पछि लुम्बिनी आयोजनाहुने ठुला कार्यक्रमहरु अस्थाई संरचनामा गर्नु पर्ने समस्याको अन्त्य हुनेछ।

हालै लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलन र बुद्ध जयन्तीको अवसरमा आयोजित बिशेष कार्यक्रम पनि अस्थाई संरचनामा आयोजना गरिएको थियो।

लुम्बिनी क्षेत्र विकास कोषले ३१ करोड ७९ लाख ( मूल्य अभिवृद्धि कर सहित) रुपैयाँको लागतमा सभा गृह निर्माण गर्न लागेको हो।

एएनके अर्घाखाँची बबुल जेभीले लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभा गृह आगामी दुई वर्ष पछि निर्माण सम्पन्न गर्नेछ।

बैशाख १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्