पार्टी एकतापछिको महाधिवेशनले बल्ल अध्यक्ष घोषणा: भट्टराई

काठमाडौं-एमाले सचिव एवं प्रवक्ता योगेश भट्टराईले माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भट्टराईले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने बताए।

उनले भने, ‘कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ। लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन। जो पनि अध्यक्ष हुन सक्छ। अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ।’

राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको जानकारी दिँदै सचिव भटृराईले भने, ‘विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन। यहाँ कति हिस्सा भन्‍ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ। पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन।’

बैशाख १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्