भेंडा चढाउन गएका मजदुर मृत भेटिए

रुकुम-रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।

वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

प्रनाउ श्रेष्ठका अनुसार उनी घरबाट भेंडा चढाउन गएका थिए। सोमबार असिना पानीसँगै चट्याङ परेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कामी चट्याङ लागेर वा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाइएको छ ।

बैशाख १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्