अपांगता भएकालाई बाख्रा दियो नगरपालिकाले

तुलसीपुर –तुलसीपुर उपमहानगरपालिका–४ ले अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए ।

मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् ।

प्रमुख पाण्डेयले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोका समेत उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिने समेत बताएका छन् ।

कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई बाख्रा दिएकोमा खुशी व्यक्त गरे । आफू अपांग भएपनि बाख्राको पालनपोषणमा कुनै कमी हुन नदिने उनले बताएका छन् ।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्