च्याम्पियन्स लिग

रक्षात्मक रोमालाई ३ गोलको दबाबमाथि आक्रमक लिभरपुल

काठमाडाैँ- इटलियन क्लव एएस रोमाले क्वाटर फाइनलको पहिलो लेगमा जुन नियती बेहोरेको थियो । सेमिफाइनलमा पनि उही अवस्थामा छ । क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोनासँग ४–१ ले पराजित भयो । त्यसपछि सायदै आंकलन थियो ।

अब रोमालाई यो सिजनको च्याम्पियन्स लिगमा देख्न पाइन्छ । धेरै फुटवल प्रेमीले भने स्पेनिस महारथीसँग पर्नु नै रोमाको दूर्भाग्य बन्यो । बार्सिलोना क्ल्व फुटवलको अबल टिम हो । जसको नाममा फुटबलका धेरै इतिहाँस छन् । बलियो मानिएको रोमालाई पहिलो लेगमा बार्सिलोनाले आफ्नो मैदानमा निरिह नै बनायो ।

तर त्यो अवस्था रोमाले धेरै दिन टिक्न दिएन । एक हप्तामा ठिक उल्टो अवस्था भयो ‘बार्सिलोना निरिह र रोमा अब्बल ।’ दोश्रो लेगमा बार्सिलोनाई ३–० ले पराजित गर्दै सेमिफाइनल पुग्यो । सेमिफाइनलको पहिलो लेग फेरि उही दोहोरियो । जस्तो थियो बार्सिलोनासँगको पहिलो लेग ।

दोश्रो लेग भने त्यस्तै दोहो¥याउन सक्ला नसक्ला अबको केहि घण्टामा रोमाको परीक्षा सुरु हुँदैछ । इङ्लिस क्लव लिभरपुलसँग बुधबार राति साढे १२ बजे दोश्रो लेग हुँदैछ । जसमा उच्च मनोबलका साथ लिभरपुल मैदानमा आउँदैछ । रोमासँग दर्शक र मैदानको साथ भएपनि चुनौती बढि छ ।

बर्सिलोनासँग जस्तै नतिजा निकाल्ने चुनौती । उहि नतिजा निकाले मात्रै रोमाले उपाधिको संभावना जिवित राख्न सक्छ । दोश्रो लेगमा ३–० को नतिजा निकाल्न सकेमा रोमा फाइनलमा जानेछ । यसैगरि उ क्वाटर फाइनलमा आएको थियो । रोमाले १ गोल खाएमा उसलाई चार गोल चाहिन्छ । तर दुई गोल खायो भने त्यतिकै फरकले पुग्दैन । यो अवस्थामा उसले ६ गोल गर्नुपर्छ ।

रोमासँग बार्सिलोनालाई हराएको मनोबल छ । तर लिभरपुलसँग पनि त्यो भन्दा कम छैन । प्रिमियर लिगलिडर म्यानचेस्टर सिटिलाई घरेलु र अवै दुवै खेलमा हराएर आफूलाई अव्वल सावित गरिसकेको छ । लिभरपुलका मोहमल सालाह खेलको अघिल्लो दिन मात्रै वर्षको उत्कृष्ट खेलाडी घोषित धएका छन् । पहिलो लेगमा रोमाका लागि ठूलो चुनौती उनै थिए । उसै पनि आज थप मनोबलका साथ उनी आउने नै भए ।

रक्षात्मक रोमालाई आक्रमक लिभरपुल मात्रै छैन ३–० को भारी पनि साथमा छ । च्याम्पियन्स लिगको उत्कृष्ट ५ गोलकर्ताको सूचिमा तीन जना लिभरपुलकै खेलाडि अटाएका छन् । १५ गोल गरेका रियल मड्रिडका क्रिस्टयानो रोनाल्डोपछि लिभरपुलका दुई खेलाडी छन् ।

मोहमद सालाह र रोबेर्टो फरमिनोले समान ११ गोल गरेका छन् । ८ गोल गरेका सादियो माने पनि उत्कृष्ट ५ भित्र छन् ।

अहिले सम्मको अवस्था हेर्दा दुबैको जित्ने संभावना समान ३७ प्रतिशत देखिन्छ । २६ प्रतिशत बराबरिको संभावना छ । तर यो आंकलनलाई दुबै टोलीको गर या मरको उपस्थितीले पक्कैपनि फरक पार्नेछ ।


हुन त लिभरपुलसँग रोमाको विगत पनि खासै राम्रो छैन । च्याम्यिन्स लिगमा रोमा र लिभरपुल ६ पटक भिडिसकेका छन् । जसमा तीन पटक लिभरपुल विजयी भएको छ । दुई खेल बराबरीमा सकिएका छन् भने एक खेल मात्रै रोमाले जितेको छ ।

तर रोमाले ती सबै खेल बिर्सिएर बार्सिलोनासँगको नतिजा मात्रै सम्झिने छ । अनि उसै अगाडि रहेको लिभरपुलले बार्सिलोनाको नजिर भुल्ने छैन । विजयी टोलि मे २७ मा उपाधिका लागि रियल मड्रिडसँग भिड्ने छ ।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्