आइपिएल : राजस्थानमाथि दिल्लीको ४ रनको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार बेलुका भएको खेलमा दिल्ली डियरडेभिल्स विजयी भएको छ ।

वर्षाले प्रभावित भएको खेलमा दिल्लीले डकवर्थ लुइस नियमका आधारमा राजस्थान रोयल्सलाई चार रनले हराएको हो । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १७ ओभर १ बलमा ६ विकेटको क्षतिमा १९६ रन बनायो ।

खेल वर्षाले प्रभावित भएपछि राजस्थानले १२ ओभरमा १५१ रन बनाउनु पर्ने लक्ष्य पायो । तर उसले पाँच विकेटको क्षतिमा १४६ रन मात्रै बनाउन सक्यो । राजस्थानका लागि जोश बट्लरले २६ बलमा ६७ तथा डी आर्सी सर्टले ४४ रनको योगदान दिए पनि हार टार्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीका लागि ऋशव पन्तले २९ बलमा ६९, श्रेयश आय्यरले ३५ बलमा ५० तथा पृथ्वी शावले २५ बलमा ४७ रन बनाए ।

९ खेलमा तेस्रो जित दर्ता गरेको ६ अंकसहित छैटौँ स्थानमा छ । ८ खेलमा तीन खेल जितेको राजस्थान ६ अंकसहित सातौँ स्थानमा रहेको छ ।

बैशाख २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्