विराटले खेल जितेर अनुष्कालाई दिए बर्थडे गिफ्ट

एजेन्सी –व्याङ्गलोरको चिन्नास्वामी स्टेडियममा सेतो कपडा लगाएर अनुष्का शर्मा उपस्थित थिइन् । मैदानमा अनुष्काको श्रीमान विराट कोहली खेलिरहेका थिए । पुरै जोशले तालि पिटिरहेकी अनुष्कालाई विराटले हातले फोन गर्न इशारा गरे ।

यो दृष्य मंगलबार भएको आइपिएल क्रिकेटको खेलमा देखिएको हो । जसमा रोयल च्यालेन्जर बैंगलोर (आरसिबि) र मुम्बई इन्डियन्सबिच खेल भएको थियो । दुवै टिमले अहिलेसम्म आइपियलमा आफ्नो नामको जस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

यस्तै राम्रो खेल खेल्ने आशा गरिएको नाम हो विराट कोहाली हो । उनी आरसिबिबाट खेल खेलीरहेका छन् । कप्तान विराटले लगातार हारीरहेको थिए । उनी आफ्नो टिमले खराब प्रदर्शन गरेकोमा दुखि पनि भएका थिए । तर मंगलबार उनको टोलीले खेल जित्यो । विराट अनुष्का शर्मालाई जन्मदिनको उपहार खेल जितेर दिन चाहन्थे र उनी सफल पनि भए । विराटको समूहले मुम्बई इंडियनसलाई १४ रनले जित्यो । म्याच जितेर उनले भने, ‘मेरो पत्नी यहाँ छिन् र उनको आज जन्मदिन हो । हामीले जितेको उनले देख्न पाइन् र हामीले हाम्रो समूहको लागि अंक बढाउन पायौ, म धेरै खुसी छु ।’

यो खेलमा टस हारेर पहिला व्याटिङ गरेको थियो विराटको टिमले । जसमा पहिलो विकेट ३८ रनमा गएको थियो । विराट यो खेलमा दुई विकेट गएपछि मैदानमा गएका थिए । उनले बैडम मैकुलमसँगको पार्टनसीपमा टिमको लागि १०० रन कटाए । आरसिबिले जम्मा १ सय ६७ रन बनाएको थियो ।

उनको प्रतिष्पर्धि टोलि मुम्बई इन्डियन्सले सय ६८ रनको लक्ष्य पाएको थियो । मुम्बई इन्डियन्सलाई यो लक्ष्य भेट्टाउन सकेन । २० औ ओभरमा ७ विकेटको क्षति हुँदा जम्मा एक सय ५३ रन जोडेर मुम्बई इन्डियन्स हा¥यो ।

बैशाख २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्