मोदी आउने भएपछि मुख्यमन्त्री राउतदेखि राजेन्द्र महतोले बढारे जनकपुरमा सडक

जनकपुरधाम– बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि जनकपुरमा सडक सरसफाइ गरिएको छ । मोदी भ्रमणलाई मध्य नजर गरि प्रदेश नम्बर २ का मूख्यमन्त्री सहित जनप्रतिनिधिले बिहिबार सडक बाढारेका हुन् ।

मोदी सिधै जनकपुर आउने भएपछि उनको स्वागतका जानकी मन्दिरदेखी बाह्रविग्हा मैदान सरसफाई गरिएको हो ।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत र सरसफाई संयोजक एवं समाजिक विकास तथा सरसफाई मन्त्री नवल किशोर साहको नेतृत्वमा जनकपुर सरसफाई गरिएको छ ।

यस्तै धनुषा ३ बाट निर्वाचित प्रतिनिधी सदस्य राजेन्द्र महतो, सांसद तथा गंगासागर सरसफाई अभियन्ता रामआशिष यादव, नगर प्रमुख लाल किशोर साहले जनकपुरमा कुचो लगाएका छन् । बिहिबार विहान भएको उक्त सरसफाईमा प्रहरी र स्थानीयहरुले समेत साथ दिएका थिए ।

मोदी आउन एक साता बाँकी हुँदा उनको स्वागतको लागी जनकपुरमा तैयारी भई रहेको छ । मोदीको स्वागतको लागी जनकपुरमा सजावटको कामसँगै रामजानकी विवाह मण्डप (मडवा) को भित्तामा मिथिला पेन्टिंग बनाउने काम समेत भइरहेको छ ।

 

बैशाख २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्