ट्वीटर एकाउन्ट जोखिममा, पासवर्ड परिवर्तन गर्न आग्रह

सामाजिक सञ्जाल ट्वीटरले प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न भनेको छ । ग्लिचले ट्वीटरको आन्तरिक सञ्जालमा केही खाली सन्देश सर्वाजनिक गरेपछि ट्वीटरले प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न भनेको हो ।
आन्तरिक रुपमा गरिएको अनुसन्धानबाट पासवर्ड चोरी तथा गलत प्रयोग भएको नपाइएको ट्वीटरले जनाएको छ । पासवर्ड चोरी तथा गलत प्रयोगका लागि आन्तरिक व्यक्ति संलग्न नरहेको पाइएको पनि ट्वीटरले उल्लेख गरेको छ ।
तर ट्वीटरले आउन सक्ने खतराबाट जोगिनका लागि आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न प्रयोगकर्तासँग आग्रह गरेको हो । ट्वीटरले कति प्रयोगकर्ताका पासवर्ड प्रभावित भएका छन् भन्ने खुलाएको छैन । प्रभावित भएका पासवर्ड धेरै नै रहेको र यो विगतका महिनामा भएको बुझिएको छ ।
ग्लिच बगबारे ट्वीटरले केही हप्ताअघि थाहा पाएको र उसले आफ्ना केही नियामक निकायलाई भनेको आन्तरिक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
We recently discovered a bug where account passwords were being written to an internal log before completing a masking/hashing process. We’ve fixed, see no indication of breach or misuse, and believe it’s important for us to be open about this internal defect. https://t.co/BJezo7Gk00
— jack (@jack) May 3, 2018
ट्वीटरका कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीटर गरेर यसबारे जानकारी दिएका हुन् । विश्वभर ३३० मिलियन भन्दा बढी ट्वीटर प्रयोगकर्ता छन् ।