साउदीको जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन संकलित ३० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं – गएको दुई वर्षदेखि साउदी अरेबियाको जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइकाका लागि उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यलाई हस्तान्तरण गरेका छन् ।

गाडी दुर्घटना मुद्दामा जेल परेका राई साउदी अरेबियाको अदालतले तोकेको जरिवाना तिर्न नसक्दा दुई वर्षदेखि बन्दी जीवन बिताउन बाध्य छन् ।

एबीसी टेलिभिजनबाट सञ्चालन हुँदै आएको इन्द्रेणी कार्यक्रममा संकलन भएको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी श्रीमती सरिता राईलाई हस्तान्तरण गरेका हुन् ।

बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राई परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिबी हटाउन आफ्नो नेतृत्वमा रहेको सरकारले पहल गर्ने उनले बताए ।

बैशाख २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्