‘वाई वाई ग्लोकल टिन हिरो’ हुने

काठमाडौं- सामाजिक क्षेत्रमा सक्रिय किशोरकिशोरीलाई लक्ष्यित गर्दै आयोजना हुने गरेको वाई वाई ग्लोकल टिन हिरोको चौथो संस्करणको आवेदन आह्वान गरिएको छ।

ग्लोकल प्रालीको आयोजनामा हुन लागेको ग्लोकल टिन हिरोमा आवेदकमध्ये पहिलो चरणमा सर्बाेत्कृष्ट २० को छनोट हुने छ। त्यसपछि सामाजिक कामको सुरुवात र त्यसले पारेका प्रभावका आधारमा शीर्ष ६ जनाको छनोट हुने आयोजक संस्थाका कार्यकारी निर्देशक अाशिष ठाकुरले जानकारी दिए।

दोस्रो चरणमा छनोट भएकामध्ये ब्यक्तित्व मापदन्ड, डोमेन ज्ञान र दुरदर्सनका आधारमा विजेताको छनोट गरिने ठाकुरले बताए। विजेताको घोषणा आगामी सेप्टेम्बर १ तारिखमा हुने छ।

हरेक वर्ष आयोजना हुँदै आएको टिन हिरोको पहिलो सस्करण विपना शर्मा, दोस्रो संस्करण सन्तोष लामिछाने र तेस्रो संस्करण सचिन डाँगीले जितेका थिए।

यसैबीच ग्लोकल प्रालीकै आयोजनामा आगामी सेप्टेम्बर १ तारिखमा काठमाडौंमा दोस्रो ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन आयोजना हुने भएको छ।

बैशाख २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्