रणवीर सिंहको नाममा गुड्यो स्वीटजरल्याण्डमा रेल

एजेन्सी- भारतीय सिनेमा जगत्मा रणवीर सिंह चर्चित नाम हो । आफ्नो अभिनयको कौशलताले रणवीरले धेरैको मन जितेका छन्, धेरैको माया र साथ समेत पाएका छन् उनले। प्रशंसकले उनलाई विभिन्न उपहार दिने गरेका छन् । रणवीरको प्रख्याति स्वदेशमा मात्र सीमित छैन, विदेशमा पनि उत्तिकै चर्चित छ।
उनैको नाममा क्याफे खुलेका छन्, कपडामा फोटो छापिएको छ र भर्खरै स्वीटजरल्याण्डमा उनकै नामको रेल पनि गुडेको छ । गाडी मे ३ मा स्वीजरल्याण्डमा रेल गुडेको हो । रेलको उद्घाटन रणवीर आफैले गरेका थिए । उनले इन्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका छन् – ‘राइड विथ मि’
Ride with me! #GrandTrainTour #inLOVEwithSWITZERLAND@media_STS @goldenpassmob @MySwitzerlandIN pic.twitter.com/jQWMhVmrNl
— Ranveer Singh (@RanveerOfficial) May 3, 2018
रणवीर स्वीजरल्याण्ड टुरिजम डिपार्टमेन्टका ब्राण्ड एम्बेसडर हुन् । यसैले स्वीटजरल्याण्डले रणवीरले सिंहलाई सम्मान गरेको हो । यो रेल पर्यटकीय स्थलमा जाने छ। यो रेलको नाम रणवीर अन टुर रहनेछ । यो भन्दा अगाडि बोर्डले रणवीरको विवाहको खर्च पनि व्यहोर्न तयार भएको थियो । बलिउडमा अहिले रनवीर सिंह र दीपिका पादूकोणको विवाहको हल्ला चलिरहेको छ ।
रणवीर कपूर यस्तो पहिलो अभिनेता हुन्, जसकोे लागि कुनै देशले यस्तो कदम उठायो । रणवीर अहिले स्वीटजरल्याण्डमा छन् र आफ्नो रमाइलो भिडियो शेयर गरिरहेका छन् ।