फोटो फिचर
चीनमा रुख सीधा बनाउने यस्तो काइदा
फोटो फिचर
फोटो फिचर
काठमाडौं – छिमेकी देश चीनले धेरै कुरामा हामीलाई अचम्म लाग्ने गरी विकास गरेको छ । अचम्मित पार्ने छ त्यहाँको प्रगति पनि ।
चीन पुग्दा भौतिक विकासले त लोभ्याउँछ नै । चीनमा लोभ्याउने उसको विकास मात्रै होइन, बोट बिरुवा पनि हुन् ।
हाम्रोमा धेरै बोट बिरुवा छन् । जंगल छन् । छिचोल्नै मुश्किल लाग्ने चारकोशे झाडी पनि छन् । हाम्रा बोट बिरुवाको स्वरुप आआफ्नै छन्, र ती सुन्दर पनि छन् । तर चीनको सडक पेटीमा हरियाली देख्न पाइन्छ, त्यो पनि सबै उस्तै देखिनको बोटको ।
सडक पेटीमा रोपिएका रुखलाई एकनासे सीधा बनाउनका लागि टेको लगाइएको देखिन्छ । रुखलाई सीधा पार्नका लागि धेरै रकम खर्च गरिएको छ । स्याहार गरिएको छ । टेको दिएर रुखलाई सीधा बनाइएको छ ।