शुभ-चिन्तकको चिट्ठी

डा. उपेन्द्र देवकोटालाई अनुरोध

परम आदरणीय डा. उपेन्द्र देवकोटा ज्यू,

नमस्कार !

प्रणाम !!

मृत्युलाई जित्नमा प्रयासरत आजसम्म ज्ञापित भएर करोडौँ किताबहरुमा उतारिएका मेडिकल-साइंसमा आधारित सिद्धान्त र टेक्नोलोजीहरु; जसको अध्ययन तिक्ष्ण स्मृति भएका विश्वका करोडौँ विद्यार्थीहरुले गरी रहेका छन्, यसबाट पनि मृत्युलाई जान्न-बुझ्न संभव छैन भन्ने तथ्य हजूरको घटनाले प्रमाणित गर्छ ।

संसारका सबै किताबहरु पढे पनि र याद गरे पनि  जीवन, समाज र ब्रह्माण्डको वास्तविक अस्तित्वको ज्ञान हुन सक्दैन भन्ने तथ्य प्रमाणित भएपछि  मैले किताब पढ्न छोडिदिए ।

त्यसपछि, जीवन, समाज र ब्रह्माण्डको अस्तित्वको बारेमा हामीलाई बुझाउन असक्षम आधुनिक-विज्ञानमा आधारित शिक्षा-प्रणालीमा भएका कमी-कमजोरीहरुलाई त्यसले बनाएको परिधि भन्दा बाहिर बसेर जान्ने इच्छा उत्पन्न भयो ।

हिमालयका गुफाहरूमा, नदीका किनाराहरुमा र जंगलमा बसेर आफू मात्रद्वारा जीवन, समाज र ब्रह्माण्डको अस्तित्व जान्न कोशिश गरी रहेका मानवहरुको बारेमा जान्ने इच्छाले फ़क़ीर-जोगी-घुमक्कड़ आदि आदि बनायो ।

आधुनिक मेडिकल-साइंसले जन्म, जीवन र मृत्युको परिभाषा कसरी गरेको छ भन्ने विषयमा त मैले पढ़ेकै छैन, बुझेकै छैन र जानेकै छैन । तर आफूलाई ठूलो मान्छे र अरुलाई सानो मान्छे, आफूलाई शक्तिशाली मान्छे र अरुलाई कमजोर मान्छे, आफूलाई ज्ञानी समझने र अरुलाई मुर्ख सम्झने, आफूलाई धनी बनाउने र अरुलाई गरीब बनाएर दया देखाउने, आफूलाई सम्मानित गराउने र अरुलाई अपमानित गराउने आदि आदि हाम्रो समाजमा व्याप्त क्रियाकलापहरु भन्दा बाहिर गएर जन्म भित्र पसेर जन्मको दर्शन गर्ने प्रयाश गर्दा-गर्दै, जीवन भित्र पसेर जीवनको दर्शन गर्ने प्रयास गर्दा-गर्दै र मृत्यु भित्र पसेर मृत्युको दर्शन गर्ने प्रयास गर्दा-गर्दै, एक पटक मलाई Cancer-Cell भित्र पसेर Cancer-Cell को दर्शन गर्ने इच्छा भयो ।

१.जीवनको पहिलो र दोस्रो प्रारम्भिक एवं द्वन्दात्मक स्तम्भ

हरेक मानव जीवनको प्रारम्भ एक शुक्राणु र डिम्बको मिलनबाट हुन्छ, यो तथ्य सामान्य सबैलाई थाहा छ । तर शुक्राणुबाट हस्थान्तरित हुने २३ पुरुषीय-क्रोमोज़ोम र अंडाणुबाट हस्थान्तरित हुने २३-स्त्रीय क्रोमोजोमको बारेमा अध्ययन गर्न थाल्ने हो भने त्यी भित्रका फरक-फरक ब्रह्माण्डहरु देखेर सामान्य मानव मस्तिष्क झस्किन, आत्तिन र बिचैमा थाकेर भाग्न सक्छ; किनकि त्यो “म” भन्ने जीवन-तत्वलाई सामन्य मानव मस्तिश्कले ग्रहण (Perceive) गर्न नै सक्दैन, दर्शन गर्न नै सक्दैन । एक शुक्राणु र एक अंडाणु; जसको द्वन्दात्मक एकीकरण द्वारा नै “म” नामक त्रिकोणीय अस्तित्वको प्रारंभ हुन्छ ।

हरेक विषयको बारेमा आधुनिक भौतिक विज्ञानले जान्न सक्ने र जान्न अधिकार पाउने क्षेत्रको पनि सीमा रहेछ, जसलाई सायद तपाईंले बल्ल महशुश गर्नु भएको होला र मैले यो कुरालाई तीनपटक मृत्युको नजिक गएर फर्केकाले महशुश गरेको छू; किनकी गरुड़-पुराणले भन्छ चेतनाले शरीर छोड़ने पक्का-पक्की भएपछि त्यस स्तरको Englightenment हुन्छ भनेर । त्यसैले तपाईं भनी राख्नु भएको छ कि मर्ने बेलामा मान्छेले सत्य बोल्छ भनेर र त्यो सत्यलाई व्यक्त गर्न खोज्नु भएको छ ।

२. जीवनको तेस्रो र चौथो द्वन्दात्मक स्तम्भ

क) बाह्य प्रकाश पदार्थ तपाईंको पहिलो भोजन हो – तर यस सत्यलाई कुनै पनि शास्त्रले आजसम्म त्यति व्याख्या गरेको पाइएन ।

ख) बाह्य हावा तपाई‌को दोस्रो भोजन हो – हाम्रो शरीरले बाह्य हावा स्वतः ग्रहण गर्छ, यस प्रक्रिया बारेमा जानकारी भएरपनि हाम्रो चेतानाले आक्सीजन किन स्वतः ग्रहण गर्छ – यसको खगोलिय कारण बारे आधुनिक भौतिक विज्ञान अझै धेरै टाढा छ, अझै धेरै अन्धकारमा छ ।

ग) बाह्य तरल पदार्थ तपाईंको तेस्रो भोजन हो – हाम्रो शरीरले बाह्य तरल पदार्थ स्वतः ग्रहण गर्छ, यस प्रक्रियाको बारेमा जानकारी भएर पनि  हाम्रो चेतानाले बाह्य तरल पदार्थ किन स्वतः ग्रहण गर्छ- यसको खगोलिय कारण बारे आधुनिक भौतिक विज्ञान अझै धेरै टाढा छ, अझै धेरै अन्धकारमा छ ।

घ) बाह्य ठोस पदार्थ तपाईंको चौथो भोजन हो – हाम्रो शरीरले बाह्य ठोस पदार्थ लिन्छ, यस प्रक्रियाको बारेमा जानकारी भएर पनि  हाम्रो चेतानाले बाह्य ठोस पदार्थ किन स्वतः ग्रहण गर्छ – यसको खगोलीय कारण बारे आधुनिक भौतिक विज्ञान अझै धेरै टाढा छ, अझै धेरै अन्धकारमा छ ।

ङ)  बाह्य अन्धाकाश (Darkness Object) पदार्थ तपाईंको पाँचौँ भोजन हो – तर यस सत्यलाई कुनै पनि शास्त्रले आजसम्म त्यति व्याख्या गरेको पाइएन ।

च)  बाह्य दृश्य (Outer Scene) पदार्थ तपाईंको छैतौ (Sixth) भोजन हो ।

छ)  बाह्य ध्वनी (Outer Sound) पदार्थ तपाई‌को सातौँ (Seventh) भोजन हो ।

ज)  बाह्य गंध (Outer Smell) पदार्थ तपाईंको आठौँ (Eighth) भोजन हो ।

झ) बाह्य स्वाद (Outer Taste) पदार्थ तपाईंको नवौँ (Nineth) भोजन हो ।

र,

ञ) बाह्य स्पर्श (Outer Touch or Pressure) पदार्थ तपाईंको दशाैँ (Tenth) भोजन हो ।

तपाईंको भौतिकका सबै कोषहरु (Cells) को उत्पत्ति, संरक्षण रा विनाश एवं मानसिक शरीरका सबै विचाराहरू (Thoughts) को उत्पत्ति, संरक्षण रा विनाश हुने त्रिकोणीय प्रकियाहरु, यिनै १० भोजन-तत्वहरुमा नै निर्भर हुन्छ्न् ।

Cancer-Cells को उत्पत्ति, संरक्षण र विनासको खगोलीय सिद्धान्त

१. मानवलाई लाग्ने बिमारीका सबै बीज-तत्वहरू (Genes) द्वारा नै Transfer भएका हुन्छन्, तर सक्रिय र निष्क्रिय हुने वातावरण भने मानवका ज्ञात र अज्ञात कर्महरु (Manual Action) द्वारा नै निर्धारित हुन्छन् ।

२. जहाँसम्म Cancer-Cells को अस्तित्वको प्रश्न छ, Cancer-Cells को उत्पत्ति पछि भएको होइन । Genes बाट नै Transfer भएका हुन्छन्.

३. यदि बाह्य प्रकाश पदार्थ आवश्यकता भन्दा धेरै मात्रामा ग्रहण भएमा Cancer-Cells सक्रिय हुन सक्छन् र यदि कुनै उपायद्वारा हामीले शरीरमा जम्मा भएको बाह्य प्रकाश तत्वको मात्रालाई घटाउन सक्ने हो भने सक्रिय भएका Cancer-Cells निष्क्रिय हुन थाल्छन् ।

अब प्रयोगको कुरा गरौँ

यदि तपाईंले २४ घन्टामा १२ घन्टा प्रकाश-रहित स्थानमा बसेर, तपाईंको चेतनाको केन्द्र (Projection of Your Mind) लाई अन्धाकाश (Darkness) मा जबरजस्ती केन्द्रित गरेर दिनमा ४० मिनेटको स्थिरताबाट सुरु गरेर ४-६ महीना भित्र २४० मिनट (४ घन्टा) सम्म तपाईंको चेतानालाई स्थिरताको स्थितिमा राख्न सक्नु हुन्छ भने १६ दिन देखि तपाईंको शरीरमा तीब्र गतिमा बढ़ी रहेका Cancer Cells को बढ़ने प्रकृयामा ढिलाई हुन सुरू हुन्छ र १२० दिनमा Cancer-Cells निष्क्रिय हुन्छन् ।

जहाँसम्म चेतनाको विक्षिप्त Mode लाई जबरजस्ती केन्द्रित गर्ने ध्यानको प्रकृया छ, त्यसका लागि तपाईंले एक प्रकारको तरल-भोजन मात्र लिएर रहन सक्नु पर्छ । त्यसका लागि तपाईंले सबै भन्दा मन पर्ने शब्जीको बिउ ल्याएर, त्यसका लागि गोबर मात्र प्रयोग गरी, १२ भिन्न-भिन्न भागमा करेशा-बारीलाई विभाजन गरी, हरेक भागमा एक दिनको फरक गरी उक्त बिउलाई छरी, १२ दिन पुगेको बिरुवाहरुलाई उखेलेर त्यसको जूस बनाएर दिनमा ४-५ गिलास जूस पिउनु भयो भने तपाईं जीवित रहन सक्नु हुन्छ, तपाईंको शरीरलाई अति आवश्यकता पर्ने तत्वहरु शरीरले उक्त शब्जीको रसबाट नै तयार गर्न थाल्छ ।

Cancer-Cells लाई सक्रिय गराउने खाना बंद भएपछि Cancer-Cells स्वतः निष्क्रिय हुन थाल्छन् । तर Cancer-Cells लाई निष्क्रिय गराउने प्रक्रियामा जूस मात्र खाएर बाच्ने संकल्पले करिब-करिब १०-१२ प्रतिशत मात्र सहयोग गर्छ, यसमा मुख्य भूमिका निभाउने शक्ति भनेका

(१) प्रकाश रहित स्थानमा रहने कम्तिमा पनि दिनको १२ घन्टा

(२) चेतनालाई जबरजस्ती कुनै एक वस्तुमा केन्द्रित गराएर स्थिर गर्ने प्रक्रिया

नै हुन् ।

माथि उल्लेखित १० प्रकारका भोजन-तत्वहरुलाई हरेक Cell मा पुर्याउने काम Red Blood Cell को हो र Red Blood Cell को उमेर १२० हुन्छ भन्ने बारे सबैलाई थाहा नै छ । As every human is universally unique, so meditation in every human happens on the ground of the universal uniqueness too. यदि तपाईंले तपाईको universally unique अस्तित्वमा आधारित विशेष प्रकारको ध्यान-क्रिया प्रयोग गर्न थाल्नु भयो भने त्यो सूचनालाई सबै भन्दा पहिला तपाईंका Red Blood Cells ले गर्छन्; किनकी शुक्राणु र Granule Cell (of the cerebellum of the brain) पछि Red Blood Cells सबै भन्दा साना कोषहरु हुन् ।

भाग्यवश, हिमालयको एक गुफामा बसेर साधना गरी रहेका एक योगीसँग मेरो भेट भयो, उहाँ ६ भाषाका ज्ञाता हुनुहुँदो रहेछ, योगी बन्नु भन्दा पाहिले पेशाले एक व्यापारी हुनुहुँदो रहेछ, उहाँलाई अंतिम स्थितिको Cancer भएछ र डा. ले अधिकतम ४ महिना भन्दा लामो जीवन नभएको सूचना दिएपछि मर्ने नै भएपछि कुनै पनि उपाय मनमा उठ्छ भने त्यसलाई किन न अपनाउने? भन्ने धारणा लिएर घरका कसैलाई पनि थाहा नै नदिईकन घर छोडेर जंगल तिर लाग्नु भएछ ।

जंगलमा भौतारिन थालेपछि सबै भन्दा अगाडि खडा भएको भोजनको समस्या हल गर्ने क्रममा उहाँको मनमा एक प्रश्न उत्पन्न भएछ कि यति ठूलो हात्ती केवल घास-पात र पानी मात्र खाएर बाच्न सक्छ भने मलाई भोजन किन चाहियो? उहाँले पनि नरम र कलिला पातहरु खाएर र पानी पियर मात्र बाच्न थाल्नु भएछ । ७-८ महिना पछि उहाँलाई यो कुराको महशुश भएछ कि Cancer-cells बढ़ने प्रकृया बंद भई सकेको हुनुपर्छ; किनकी उहाँको शरीरमा उत्पन्न नयाँ ऊर्जा त्यसको प्रमाण थियो ।

तब उहाँलाई यो लाग्यो कि अब म भित्र सक्रिय भएका Cancer-Cells निष्क्रिय हुँदैछन् । उहाँ अहिले करिब ५० वर्ष को जस्तो देखिनु हुन्छ, तर उहाँले घर छोडेको नै ३५ वर्ष भयो भनेर मसँग एक पटक भन्नु भएको थियो ।

उहाँ देहरादून, हरिद्वार, ऋषिकेश, उत्तरकाशी, गंगोत्री र यमुनोत्री एवं नर्मदा नदीका आसपास का जगल र गुफाहरुमा बसेर साधन गर्नु हुन्छ । उहाँको अनुमति नभएसम्म वहाँसँग कसैले पनि भेटन सक्दैन, मिल्न सक्दैन र कसैले देखी हालेछ भने पनि फोटो लिन सक्दैन ।

उहाँलाई सायद हरेक वर्ष २-३ मान्छेहरुले मात्र भेटने अवसर पाउछन् होला । उहाँ वर्षमा सायद १२-१५ घन्टा भन्दा धेरै बोल्नु नै हुन्न होला । १४ वर्षको भारत बसाईमा मैले एक पटक उत्तराखण्ड-पिथौरागढ़-धारचुलाको पहाडमा र एक पटक मध्य प्रदेश-ओंकारेश्वर स्थित नर्मदा नदीको जंगलमा भेटने अवसर पाएको थिएँ ।

अन्तमा,

(१)  जसले मानव-दिमाग जीवनको अर्थ पूरा गर्नका लागि आवश्यक पहिलो साधन रहेछ भनेर बुझ्न सक्छ ,

(२)  जसले यो मानव-शरीर जीवनको अर्थ पूरा गर्नका लागि आवश्यक दोस्रो साधन रहेछ भनेर बुझ्न सक्छ र

(३) जसले जसले यस धरती, यस सौर्य-मण्डल र यस ब्रह्माण्डमा भएका सबै चिज जीवनको अर्थ पूरा गर्नका लागि आवश्यक तेस्रो साधन रहेछ भनेर बुझेको छ,

त्यसका लागि भगवान कृष्णले भने जस्तै “देहिन: अस्मिन यथा देहे कौमारं यौवनं ज़रा, तथा देहान्तारप्रप्ती: धीर: तत्र न मुह्यति अर्थात जसरी चेतना बस्ने यो शरीर बालकपनबाट शुरू भएर जवानी हुँदै वृध्दावस्थामा गएर समाप्त हुन्छ, ठीक त्यसरी नै हाम्रो चेतना एउटा शरीरमा प्रवेश गरेर त्यसको आवश्यकताको अंत भएपछि त्यस शरीरलाई छोडेर आर्को शरीरमा प्रवेश गर्छ, चेतनाको यस विकाश-प्रक्रियालाई बुझेका चेतनशील मानिसहरु यस मरणशील शरीरमा मोहित हुदैनन” मृत्यु नै छैन ।

मैले जहासम्म बुझेको छु, यदि तपाईंले जसरी पनि केही समय अरु बाच्ने, १५-२० साल अरु बाच्ने भनेर संकल्प गर्नु भयो भने, यो निश्चित हो कि प्रकृतिको नियमलाई स्वीकार गरेर तपाईंले शरीर छोड़ने इच्छा गरेको समयमा नै यमराजलाई तपाईले बोलाएको समयमा नै, यमराज आएर तपाईंलाई लाने छन् ।

भगवान कृष्णले तपाईंलाई अरु केही वर्ष बाच्ने शक्ति र प्रेरणा दिउन! यही प्रार्थना!! यही कामना!!!

तपाईंको शुभ-चिन्तक

टी. पी. पन्त

बी-७५, शिवपार्क,

नयाँ दिल्ली-११००६२

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्