मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट –  कुशे गाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पुर्‍याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए ।

बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्