नुवाकोट – बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीय बासिन्दा कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार बेलुका घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्