वाइवाई ग्लोकल टिन हिरोको चौथो संस्करणको लागि आवेदन

काठमाडौँ–किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई सम्मान गर्न वाइवाई ग्लोकल टिन हिरो कार्यक्रम हुने भएको छ । ग्लोकल प्रालिको आयोजनामा हुन लागेको यो कार्यक्रममो चौथौ संस्करण हो। किशोरकिशोरीमा उद्यमशीलताको विकास गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। युवा वैज्ञानिक सन्तोष लामिछाने र बाल अधिकारकर्मी विपना शर्मा पनि यहि कार्यक्रमकोे अघिल्ला वर्षका बिजेता हुन्।

कार्यक्रममा काठमाडौँ उपत्यका सहित, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरवहा, जनकपुर झापा, विराटनगर, लहानपोखरी लगायतका २८ ओटा शहरमा अडिसन लिइने छ।

आयोजकका अनुसार देशभरीका चार सय विद्यालयमा पुगेर ५० हजार भन्दा धेरै विद्यार्थीहरुसँग छलफल गरिने छ । आवेदन सनिबारबाट खुलेको छ । फर्म ग्लोकल टिनको हिरोको वेवसाइटमा गएर भर्न सकिन्छ ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्