आइपिएल : बिराटको टोली बेंग्लोरलाई हराउँदै धोनीको टिम चेन्नई पुग्यो शीर्षस्थानमा

एजेन्सी– भारतीय राष्ट्रिय टोलीको समेत कप्तान रहेका बिराट कोहलीको टिम बेंग्लोर फेरि पराजित भएको छ । शनिबार भएको इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको हो ।

टस जितेर फिल्डिङ रोजेको चेन्नईले बेंग्लोरलाई १ सय २७ रनमा समेट्यो । १ सय २८ रनको लक्ष्य पछ्याएको चेन्नईले १२ बल बाँकिहुँदै ४ विकेटको क्षतिमा भेट्टायो । चेन्नईका लागि कप्तान महेन्द्रसिं धोनीले २३ बलमा ३ छक्का र १ चौकाको मद्दतमा नटआउट ३१ रन बनाए । १७ बलमा १४ रन जोडेका डिजे ब्रोभो पनि नटआउट रहे । अम्बाती रायडुले ३२ र सुरेश रैनाले २५ रन जोडे ।

त्यसअघि बेंग्लोरले पार्तिभ पटेलको ५३ रनको मद्दतमा ९ विकेट गुमाउँदै पूरै ओभरमा १ सय २७ रन बनाएको थियो । बेंग्लोरका एबीडी भिलियर्सले १ रन मात्र बनाउँदै पवेलियन फर्किए । कप्तान बिराट कोहली पनि ११ बल खेलेर ८ रनमै आउन भए ।

यो पराजयसँगै बेंग्लोर ९ खेलमा ६ हारसहित छैटौं स्थानमा छ । चेन्नई भने १० खेलमा ७ जित सहित १४ अंकका साथ शिर्षस्थानमा उक्लिएको छ ।

आइपिएलमा शनिबारको दोश्रो खेलमा दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदरावाद भिडिरहेका छन् । दिल्लीले पहिले ब्याडिङ गरेको छ । अंक तालिकामा हैदरावाद दोश्रो र दिल्ली सातौं स्थानमा छ ।

 

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्