बाँकेमा प्रेसर कुकर बम विस्फोट

फाइल तस्बिर।

नेपालगञ्ज- बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करिब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताए।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।

यसैबीच, बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रामनगरमा रहेको चर्चमा गएराति आगलागी भएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, गएराति करीब १ बजे आगलागी भएको हो।

आगलागीबाट प्रार्थना गर्ने हलमा भएका कार्पेट, पंखा आदि जलेर नष्ट भएका छन्। घटनाको प्रकृति हेर्दा चर्चमा अज्ञात समूहले आगजनी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्