आइपिएल : दिल्ली फेरि हार्‍यो, चेन्नईलाई पछि पार्दै हैदरावाद शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा हैदरावादले दिल्ली डियरडेभिल्सलाई सात विकेटले हराएको हो । दिल्लीले प्रस्तुत गरेको १६४ रनको लक्ष्य हैदरावादले एक बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।

उसका लागि एलेक्स हल्सले ३१ ब्लमा ४५, शीखर धवनले ३० बलमा ३३ तथा केन विलियम्सनले ३० बलमा नटआउट ३२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १६३ रन बनायो । उसका लागि पृथ्वी शावले ३६ बलमा ६५ तथा श्रयश आय्यरले ३६ बलमा ४४ रन बनाए पनि हार टार्न सकेनन् ।

जितपछि चेन्नईलाई पछि पार्दै हैदरावाद ९ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट ६ अंक जोडेको दिल्ली भने पुछारबाट दोस्रो स्थानमा छ ।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्