लाङ्टाङ निकुञ्जको जंगलमा आगलागी

रसुवा-लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आइतबार मध्याह्नदेखि आगलागी भएको छ।

प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार ब्राबल पाखा क्षेत्रको त्रिशूली नदी किनारबाट केहीबेर अगाडि अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन्।

डढेलो क्षेत्र अधिकांश भीरपहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ। डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्