त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष सञ्चालनमा

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष सञ्चालनमा आएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र विमानस्थलबिचमा सहायता कक्ष सहितको सेवा सञ्चालन गर्ने सम्झौता भएको हो ।

आइतबार सम्झौता भएसँगै शव कक्ष र सहायता कक्ष सञ्चालनमा आएको छ । अव वैदेशिक रोजगारीमा ज्यान गुमाउने नेपालीको शव छुट्टै कक्षबाट आउने छ । यसअघि अरु बाहिरिने ठाउँबाटै ल्याउने गरिएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई साता अघि शव आउने छुट्टै कक्ष सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।
यस्तै सहायता कक्षमा एक जना कर्मचारी रहने र उनले मृतकका परिवारलाई शव लैजान आवश्यक सहयोग गर्ने श्रम मन्त्रालयले जनाएको छ । यस्तै वैदेशिक राेजगारीबाट कुनै समस्यामा परेर फर्किनेले पनि यहाँबाट सहयाेग लिन सक्नेछन् ।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्