जुवाखालबाट तीन जना पक्राउ

सुर्खेत– वीरेन्द्रनगर–९ लाटिकोईलीस्थित जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।

जुवा खेलि रहेका छन भन्‍ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले आईतबार उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ४३ वर्षका बलबहादुर राना, ५९ वर्षका कालिप्रसाद शाक्य र ५५ वर्षका दानबहादुर गुरुङ जुवा खेलिरहेको अवस्था पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक एवम् प्रवक्ता शंकर श्रेष्ठले जुवाखालबाट नगद ३४ हजार ५ सय रुपैयाँ बरामत गरिएके बताए। उनकाअनुसार उनीहरुलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्