के बाबा रामदेव घुँडाको अप्रेशन गर्न लण्डन जाँदै छन् ?

योग गुरु बाबा रामदेवको घुँडाको समस्या देखिएको र त्यसको शल्यक्रियाका लागि उनी बेलायत जान लागेको भन्ने कुरा हल्ला मात्रै रहेको पतञ्जली योगपीठले जनाएको छ ।

रामदेव स्वस्थ रहेको र उनी शल्यक्रियाका लागि बेलायत जान लागेको भन्ने झुठ रहेको योगपीठले दाबी गरेको छ । तर भारतीय सञ्चार माध्यमले भने बाबा रामदेव घुँडाको शल्यक्रियाका लागि नै बेलायत जान लागेको स्रोतलाई उद्धृत गर्दै बताएका थिए ।

प्रायः सबै रोगको उपचार वा निदान योग या आयुर्वेदबाट सम्भव रहेको बताउने गरेका बाबा रामदेव नै आफ्नो घुँडाको शल्यक्रियाका लागि बेलायत जान लागेको भन्ने कुरा बाहिर आएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो ।

त्यसपछि पतञ्जली योगपीठले बाबा रामदेव शल्यक्रियाका लण्डन नगएको र शनिबारसम्म हरिद्वारमा योग शिविरमा व्यस्त रहेको बताएको छ ।

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्