वर्गीय सामाजको जीवनकथा बुझाउँने ‘झमकबहादुर’

काठमाडौँ-समाजको दुई वर्गको जीवन झल्काउने चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक भएको छ। सोमबार राइजिङमलको छैठौँ तलाको सिनेमा हलमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका सांसद नवराज सिलवालले चलचित्रमा नयाँ पुस्ताको आगमन प्रशंसनीय भएको बताए । लगानी असुरक्षित हुने डरले नयाँ पुस्तालाई अवसर नदिने चलनलाई तोडेको भन्दै निर्माताको प्रशंसा गरे।

झमक बहादुर झुपडिमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक हास्य चलचित्र हो। निर्देशक भोमन कटुवाल र निर्माता मिनकुमार तामाङको यो डेब्यु चलचित्र पनि हो। चलचित्रमा शारीरिक रुपमा फरक क्षमता भएका कलाकारको भूमिका देख्‍न सकिन्छ।

राजु किरात राईको द्वन्द्व निर्देशनमा बनेको चलचित्रमा द्वन्द्व र हाँसोको समिश्रण भएको चलचित्र हो। चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, कल्याण अधिकारी कोनिका घिमिरे लगायत बालकलाकार जेशिका घिमिरे र दिलिशा गुरुङ रहेका छन्।

यूवी फिल्मस् ग्यालरी, दियालो इन्टरटेन्टमेन्टको प्रस्तुती झमकबहादुरको ‘आमैले भन्थे धाराको पानीको रिमेक’ पहिला नै सार्वजनिक भइसकेको छ।

बैशाख २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्