करिश्माले गरिन् दरबारमार्गमा मेरीगोल्ड ज्वेलर्सको नयाँ शोरुम उद्घाटन

काठमाडौँ–मेरीगोल्ड ज्वेलर्सको नयाँ सोरुम दरबार मार्गमा खुलेको छ । यो भन्दा अगाडि इन्द्रचोकमा यसको व्यापार सुरु भएको थियो । ग्राहकलाई सेवा दिने क्रममा मेरीगाल्डले नेपालमा नै दुई दशक लामो यात्रा गरिसकेको छ ।

अहिले चौथो पुस्तामा हस्तानतरण भएको मेरीगोल्ड नेपालको सबैभन्दा पुरानो गहना पसल हो । यसले सुनचाँदिसँगै, परम्परागत गहनाहरु, काइनाइट, रुबिलगायतका पत्थरका गहना बनाएको छ । मेरीगोल्ड ज्वेलर्सकी निर्देशक ज्योत्सना श्रेष्ठले नेपालको गहनालाई अन्तर्राष्ट्रिय करण गर्ने बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरगहनाको अन्तराष्ट्रिय व्यापारको सम्भावना रहेको बताउनुभयो ।
मेरीगोल्ड ज्वेलर्सको नयाँ सोरुमको उद्घाटन बलिउड नायिका करिष्मा कपुर गरेकी थिइन् ।

करिश्माले रिवन काटेसँगै शोरुमको औपचारिक उद्घाटन भएको हो । उनले चौथोँ पुस्तामा हस्तानतरण भएको मेरीगोल्डलाई परिचित गराउन पाउँदा खुसी व्यक्त गरेकी थिइन् । करिश्माले मेरीगोल्ड ज्वेलर्सको उद्घाटन पछि शोरुमको अवलोकन गरेकी थिइन् ।

बैशाख २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्