राष्ट्रियसभा अध्यक्ष र बेलायती संसदीय टोलीबीच भेट

काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको संयुक्त राज्य बेलायतको संसदीय टोलीसँग शिष्टचार भेटघाट भएको छ।

सिंहदरबारमा भएको भेटमा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा प्रदेशसभाका सांसदले निर्वाचित गरेर राष्ट्रियसभामा पठाउने भएकाले यसलाई जनप्रतिनिधिको पनि प्रतिनिधि संस्था भएको जानकारी गराए।

उनले लामो संक्रमणकालको अन्त्यपछि बनेको नयाँ संविधान र सोहीअनुसार निमार्ण भएका संरचना प्रतिनिधित्वमुलक र समावेशी भएको बताए।प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल र बेलायतको संसदीय अभ्यासको अनुभव आदानप्रदान तथा सम्बन्धबारे छलफल भएको थियो।

दुई देशका सरकार सरकारबीच औपचारिक सम्बन्ध स्थापित भएको दुईसय भन्दाबढी वर्ष भइसकेकोले सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए।

यसअघि संसदमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन भएको र त्यसलाई संविधान सभामा निरन्तरता दिन नसकेको जानकारी गराउँदै अब संघीय संसदको कार्यकालमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन गर्ने प्रयास गर्ने जानकारी गराए।

बैशाख २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्