वैशाख ३० देखि राष्ट्रव्यापी त्रिवि बिबिए क्रिकेट प्रतियोगिता

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ।

उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो।

प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन्।

उक्त प्रतियोगिताको विजेता टोलीले रू ५० हजार तथा उपविजेताले रु २५ हजार पाउनेछन्।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १० हजार पाउनेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडी रु पाँच हजार पाउनेछन्।

प्रतियोगिता जेठ ८ गतेसम्म चल्नेछ।

बैशाख २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्